.png&w=1000&height=550)
काठमाडौं । सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता बुधबारदेखि सुरू हुँदैछ ।
अखिल नेपाल फुटबल संघ-एन्फाको आयोजनामा हुने यस प्रतियोगितामा देशभरका ९ टोलीले प्रतिस्पर्धा गर्ने छन् । अखिल नेपाल फुटबल संघ-एन्फाको आयोजनामा हुने यस प्रतियोगितामा देशभरका ९ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
ललितपुरको च्यासल फुटबल रंगशालामा सुरू हुने लिगको उद्घाटन खेलमा न्यु रोड टिम-एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। एन्फाका अनुसार लिगका सबै खेलहरू च्यासल रंगशालामै सञ्चालन गरिनेछ । प्रतियोगितामा सशस्त्र प्रहरी बल-एपिएफ एफसी, बागमती युथ क्लब, चर्च बोइज युनाइटेड, झापा एफसी, न्यु रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एन्ड बिच फुटबल, संकटा एफसी र त्रिभुवन आर्मी एफसी गरी ९ टोली सहभागी छन्।
पत्रकार सम्मेलनमा बिभागिय टोली त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक राजु तामाङले विगतका गल्ती नदोहयाईकन आफ्नो रणनितीमा उत्रने जनाए । त्यस्तै, संकटा एफसीका प्रशिक्षक रविन्द्र शिलाकारले एक महिनादेखि बन्द प्रशिक्षणमा रहेको र आफ्नो टोलीले लिगमा कडा प्रतिस्पर्धा दिने बताए ।
यसअघि प्रतियोगितामा समावेश गरिएको राप्ती एफसी भने अन्तिम समयमा लिगबाट बाहिरिएको छ । एन्फा र सहभागी क्लबहरूबीच आइतबार भएको बैठकपछि राप्तीलाई प्रतियोगितामा सहभागी नगराउने निर्णय गरिएको हो। महिला फुटबलको विकास र प्रवर्द्धनलाई टेवा पुर्याउने लक्ष्यसहित आयोजना गरिएको यो लिग आगामी वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ।
त्यसैगरी, बुधबार नै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी आमनेसामने हुनेछन्। ।