सुर्खेतमा १६ वर्षीया किशोरीको सामूहिक बलात्कारपछि हत्या, चार युवक पक्राउ

फाल्गुन २६, २०८२ |देव राना
सुर्खेतमा १६ वर्षीया किशोरीको सामूहिक बलात्कारपछि हत्या, चार युवक पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-१ की १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा चार जना युवाहरू पक्राउ परेका छन् ।

बालिकाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धानका लागि १८ वर्षीय अनमोल गौलीसहित चार जना युवाहरूलाई पक्राउ गरेको हो । गत शनिबार बिहान टियूसन पढ्न भन्दै घरबाट निस्केकी उनी वीरेन्द्रनगर-४ को जनजागृती सामुदायिक बनमा अचेत अवस्थामा भेटिएकी थिइन् । 

घटनाको जानकारीलगत्तै प्रहरीले उद्धार गरी प्रदेश अस्पताल पुर्‍याएको केही समयमै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । मृतक बालिका र पक्राउ परेका युवाहरू स्थानीय एक निजी विद्यालयमा कक्षा ११ मा सँगै अध्ययन गर्दै आएका थिए । युवाहरूले ललाई फकाई जंगलमा लगेर सामूहिक बलात्कारपछि हत्या गरेको आफन्तजनले आरोप लगाएका छन् । 

पक्राउ परेकाहरूलाई बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।