पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला मधुवनी ग्रामपञ्चायत उस्राही थाना देवधा-८, पिठुवा टोल बस्ने २३ वर्षीय विजय मुखिया रहेका छन् । उनले गोइतलाई असार २० गते पेस्तोल देखाएर नगद दुई लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक र आइफोन-१६ प्रो. लुटपाट गरेको प्रहरीले जनाएको छ ।
गोइत बैंकमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकेर मुखियाले लुटपाट गरेका थिए । मुखियालाई प्रहरीले मंगलबार साँझ धनुषाको सबैला नगरपालिका-९ ठिल्लाबाट पक्राउ गरेको थियो ।
प्रहरीकाअनुसार पेशेवर लुटेरा रहेको मुखियामाथि भारतमा पनि ९-१० वटा मुद्दा रहेको छ । लुटेराहरू भारतमा लुटपाट गरेर नेपालमा लुक्ने गरेको र नेपालमा गरेर भारत लुक्ने गरेको प्रहरीले जनाएको छ ।