डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट बगरको बजारमा ट्रकको ट्यांकी वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा दुई जना जलेर घाइते भएका छन् ।
त्रिपुराकोट बजारस्थित रूकुमेली अटो पार्टस्मा वेल्डिङ भइरहेको भे १ ख ३६७८ नम्बरको ट्रकको ट्यांकीमा एक्कासी आगो लाग्दा रूकुमका २८ वर्षीय बेगम शर्मा र त्रिपुरासुन्दरी-२ का २५ वर्षीय विजय थापा घाइते भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।
प्रहरीकाअनुसार आगलागीका कारण शर्माको हात, खुट्टा र छातीमा गम्भीर रूपमा जलेको र थापाको शरीरका केही भागमा जलन पुगेको छ । घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा पुर्याई चेक जाँच पछि घाईतेको थप उपचारका लागि काठमाडौं रिफर गरिएको डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनुभयाे ।
वेल्डिङको क्रममा सुरक्षाको पर्याप्त व्यवस्था नगरेकै कारण आगलागी भएको हुन सक्ने बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।