रोपाइँको मुखमा पानीको संकट, किसान अन्योलमा

असार ९, २०८३ |अमर क्षितिज भण्डारी
रोपाइँको मुखमा पानीको संकट, किसान अन्योलमा

दाङ । यस वर्षको मनसुन गत वर्षको तुलनामा बढी सुक्खा रहने पूर्वानुमानको सूचना नागरिकसम्म पुर्‍याउने काम राज्यको हो तर यसबारेमा किसान भने बेखबर छन्।

लुम्बिनी प्रदेशका धेरै ठाउँमा यतिबेला रोपाइँ सुरु हुनुपर्ने समय हो तर वर्षा नभएकै कारण दाङका किसान फुर्सदिला देखिन्छन् । किसान पानी नपरेका कारण यतिबेला फुर्सदिला जस्तै देखिन्छन्। मौसम पूर्वानुमान महाशाखाले यस वर्ष गत वर्षभन्दा बढी सुक्खा रहने प्रक्षेपण गरेको छ। तर, यो विषयमा किसानहरू भने कसैले पनि कतैबाट पनि जानकारी दिएका छैनन्।

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष वर्षा वितरण असमान हुने र केही क्षेत्रमा वर्षा कम हुनसक्ने संकेतसमेत गरिएको छ। कतिपय स्थानहरुमा मानव सिर्जित वातावरणीय प्रभावका कारण बाहृै महिना पानी लाग्ने खेत पनि बााझै देखीन्छन् । जसका कारण किसान थप चिन्तामा छन् ।

मध्य प्रशान्त महासागरको पानी र हावा सामान्यभन्दा तात्ने एल निनो भनिने मौसमी अवस्था यो वर्ष झनै प्रखर हुने र त्यसले भारत, चीनलगायतका एसियाली देशमा विपद् निम्त्याउन सक्ने चेतावनी राष्ट्र संघीय विश्व मौसम संगठन डब्लूएमओको छ।

नेपालको मौसम विज्ञान विभागका अनुसार यहाँ पनि लगातार विगत तीन महिनादेखि तापक्रम सामान्यभन्दा ०.५ डिग्री सेल्सियसले बढ्ने क्रममा छ। त्यसरी तातो हावा बढ्ने क्रम अझै अर्को दुई महिना जारी रहे त्यसलाई मौसमविदहरू एल निनोको असर मान्छन्।

विज्ञहरूको पूर्वानुमान अनुसार सरदरभन्दा कम वर्षासँगै गर्मी तथा खडेरी र अचानक घना वर्षा यो मनसुनका नौला विशेषता हुने छन् । यसबारेमा किसानसम्म आवश्यक सूचना पर्याप्त रूपमा नपुगेको बताइरहँदा सम्बद्ध निकाय भने किसानलाई जानकारी दिइएको र किसानले आफूखुसी गर्ने प्रचलन रहेको बताउने गरेको छ ।

एकातिर सुक्खाको प्रक्षेपण, अर्कोतिर पर्याप्त सिँचाइ सुविधा नहुँदा यस वर्षको धान उत्पादन प्रभावित हुन सक्ने चिन्ता किसानमा देखिन्छ। चर्को गर्मी र लामो खडेरी वा घना वर्षाजस्ता विपद्ले धेरैलाई इतिहासका विभिन्न कालखण्डमा एल निनोकै कारण भएका ठानिएका भयंकर त्रासदीपूर्ण भोकमरी, महामारी र राजनीतिक कायापलटका घटना स्मरण गराइदिएको छ।

सम्बन्धित समाचार :

के सुक्खा मनसुनले घटाउँछ धान उत्पादन ? किसानसम्म पुग्दैन मौसमको सूचना


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।