चितवन । चितवनको भरतपुर- २८ मेघौलीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । साँझको समयमा राप्ती खोलामा माछा मार्न गएका भरतपुर-२८ का ६० वर्षका जंगे कुमाललाइ गैँडाले आक्रमण गरी घाइते बनाएको थियो । गम्भीर घाइते भएका कुमालालाई उपचारको लागि भरतपुर अस्पताल पुर्याउदा चिकित्सकले राती मृत घोषणा गरेको चितवन प्रहरीले जनाएको छ । मृतक कुमालको शव भरतपुर अस्पतालको शबगृहमा राखिएको छ ।