कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । वजेटमा पूर्वाधार विकास अन्तर्गत प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखिएको छ ।
प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना एक अर्ब ३१ करोड ६५ लाख विनियोजन गरिएको छ । दुर्गम जिल्लामा कृषि एम्बुलेन्स, भीमदत्त पन्त कृषि प्रवद्र्धन कार्यक्रम, पहाडी जिल्लामा जमिन बाझो राख्ने प्रवृत्तिलाई निरुत्साहन गर्न कार्यक्रम, बडिमालिका र खप्तड क्षेत्र लक्षित कृषि कार्यक्रम, कृषि तथा पशुपक्षीजन्य उद्योग सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू बजेट वक्तव्यमा समेटीएको छ । त्यस्तै वजेटमा मुख्यमन्त्री गरिबी निवारण तथा लघु उद्यम कार्यक्रम, डडेलधुरामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भनिएको छ ।
पर्यटन पूर्वाधार समृद्धिको आधार नारा दिएर खप्तड, बडिमालिका, मालिकार्जुन, रामारोशनमा केबुलकारको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको उल्लेख छ । हिजो अवेर राती बजेट पस्तुत भए लगत्तै सहकर्मी टेकराज जोशीले सत्ता र प्रतीपक्षी सांसदहरु संग वजेटको प्रतिक्रिया लिनुभएको छ ।