धनकुटाको फेदीमा बाढिले बगायो सडक, कोशी पहाडी जिल्लामा यातायात अवरूद्ध

खोलामा बाढी घटेसँगै डाइभर्सनको काम थालिने
जेष्ठ १७, २०८२ |विनोद घिमिरे
धनकुटाको फेदीमा बाढिले बगायो सडक, कोशी पहाडी जिल्लामा यातायात अवरूद्ध

धनकुटा । लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्गको धनकुटामा पर्ने मुलघाट-सिम्सुवाखण्ड अवरूद्ध भएको छ । 

साँगुरीगढी गाउँ पालिका ६ स्थित फेदीमा २५ मिटर कालोपत्रे सडक बगाएको स्थानिय बलबहादुर राइले जानकारी दिनुभयो । सडक बगाएपछि धनकुटासहित, तेह्रथुम, भोजपुर, संखुवासभाका साथै तमोरकरिडोर भएर पाँचथर र ताप्लेजुङ जाने आउने यातायात र ढुवानी रोकिएको छ ।

बाढीले साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीमा ५० मिटर कालोपत्रे सडक बगाएको र करिब ५० संरचना भत्काएको बताइएकाे छ । 

लेउती खोलाको बाढी नघटेकाले डाइभर्सनका लागि डोजर र स्काभेटर जस्ता उपकरण तत्काल खोलामा पठाउन नसकिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले बताउनु भयो । 'पानी नघटेसम्म सडक निर्माणको काम थाल्न सक्ने अवस्था छैन, वारीपारी रहेका सवारीसाधन प्रयोग गरेर यात्रूलाई गन्तव्यमा पठाउन सहजीकरण गरिरहेका छौं ।' उहाले भन्नुभयो, अहिले पैदल यात्रीका लागि वैकल्पिक मार्ग मात्रै निर्माण भैरहेको छ । खोलामा बाढी घटेसँगै डाइभर्सनको काम थाल्ने पोख्रेलले बताउनु भयो ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।