धनकुटाको स्कुलडाँडाबाट चिलाउनेको अवैध काठ बरामद, दुई जना पक्राउ

जेष्ठ १२, २०८२ |विनोद घिमिरे
धनकुटाको स्कुलडाँडाबाट चिलाउनेको अवैध काठ बरामद, दुई जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-३ स्कुलडाँडाबाट प्रहरीले चिलाउनेको चिरान काठ र ओसारपसारमा प्रयोग भएको पिकअप गाडी नियन्त्रणमा लिएको छ । 

काठ बोकेर हिलेबाट धनकुटा झर्दै गरेको को२च १५०३ नम्बरको बोलेरो पिकअपमा लोड गरी आवश्यक कागजपत्रबिनै ओसारपसार गरेको पाइएकोले १ सय १७ थान चिरान काठ बरामद गरिएको प्रहरीले जनाएको छ । 

कागजात नभेटिएपछी पिकअप चालक धनकुटाको शहिदभूमी गाउँपालिका-७ का ३२ वर्षीय प्रेमकुमार राई र पिकअपमा सवार वडा नम्बर-६ का २५ वर्षीय रुद्रमणी राईलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय धनकुटामा बुझाइएको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिनुभयो ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।