धनकुटामा ९ क्विन्टल गाजा बरामद, कारोबारीले धकेल्दा लडेर एक प्रहरी घाइते

भागेका चालकको खोजी भइरहेको प्रहरीकाे भनाइ
जेष्ठ १०, २०८२ |विनोद घिमिरे
धनकुटामा ९ क्विन्टल गाजा बरामद, कारोबारीले धकेल्दा लडेर एक प्रहरी घाइते

धनकुटा । धनकुटा र मोरङको सीमानाबाट प्रहरीले गएराती ८ सय ९० किलो लागुऔषध गाजा बरामद गरेको छ । 

धनकुटाको साागुरीगढी गाउापालिका-२ सेलिङबाट गाजा ओसारपसारमा संलग्न बुढिमोरङका २९ वर्षीय उल्लास लिम्बु पक्राउ परेका छन । 

कारोबारीले धनकुटाको बुढिमोरङबाट पिकअपमा लोड गरी मोरङको केराबारी लैजाने तयारी गरेको सूचना पाएपछि नियन्त्रणका लागि ओख्रे चौकिबाट ३ जना प्रहरी खटिएका थिए । तर, प्रदेश १-०२-००२ च ५२३८ नम्बरको पिकअप चालकले प्रहरी जवान संजयकुमार थार"लाई धकेलेर भागेको प्रहरीले जनाएको छ । 

पिकअप चालकले धकेल्दा लडेका प्रहरी जवान थारूलाई सामान्य चोटपटक लागेको छ । गाजा बरामद गरिएको ठाउँबाट को २९ प ९६३५ नम्बरको मोटरसाइकल र ४ थान मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । भागेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।