धनकुटा । धनकुटा नगरपालिका-७ स्थित त्रीवेणी चौकबाट प्रहरीले प्रतिबन्धित खैरो हेरोइन र कारोबारमा संलग्न ४ जना कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
त्रीवेणीमा रहेको अभिषेक लिम्बुको घरमा खानतलासी गर्दा २२ वटा प्लास्टिकको पोकामा रहेको १ सय २० ग्राम खैरो हेरोइन फेला परेको हो ।
साथै उक्त स्थानबाट स्पास्पेन नामको प्रतिबन्धित १० ट्याब्लेट पाइएको प्रहरीले जनाएको छ । कारोबारमा संलग्न भएको आरोपमा २५ अभिषेक लिम्बु र १९ वर्षीय सागर सहनीलाई धनकुटा र २२ वर्षीय राम राई तथा २४ वर्षीय दावा छिरिङ तामाङलाई हिलेबाट पक्राउ गरिएको डिएसपी ओमप्रकास खनालले बताउनु भयो ।
उनीहरूमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।