कान्ति लोकपथ एकतर्फी सञ्चालनमा

जेष्ठ ५, २०८२ |बालकृष्ण अधिकारी
कान्ति लोकपथ एकतर्फी सञ्चालनमा

मकवानपुर । वर्षाका कारण अवरुद्ध हेटौँडा-ललितपुर जोड्ने कान्ति लोकपथ सडक एकतर्फी सञ्चालनमा आएको छ ।

मकवानपुर र ललितपुरको सिमाना पर्ने बागमती पुलको डाइभर्सन हिजो रातिको वर्षाले बगाएपछि कान्ति लोकपथ अवरुद्ध हुँदा सयौं सवारीसाधन रोकिएका थिए । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अहिले एकतर्फी रुपमा डाइभर्सन बनाएर बाटो सञ्चालन गरिएको छ । सडक एकतर्फी सञ्चालनमा आएसँगै काठमाडौंतर्फ आउँदै गरेको र मकवानपुरतर्फ जाँदै गरेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।