हेटौँडा–ललितपुर जोड्ने कान्तिलोकपथ अवरुद्ध

जेष्ठ ५, २०८२ |बालकृष्ण अधिकारी
हेटौँडा–ललितपुर जोड्ने कान्तिलोकपथ अवरुद्ध

मकवानपुर । हिजो रातिको वर्षाले हेटौँडा–ललितपुर जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ । 

मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती पुलको डाइभर्सन बगाएपछि कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बगाएको डाईभर्सन बनाएर बाटो सञ्चालनमा ल्याउन अहिले बिहानबाट मर्मतको कार्य भइरहेको प्रहरीको भनाइ छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।