सिरहामा अवैध काठ बाेकेको ट्रयाक्टर नियन्त्रणमा, चालक फरार

जेष्ठ ४, २०८२ |विनय आजाद
सिरहामा अवैध काठ बाेकेको ट्रयाक्टर नियन्त्रणमा, चालक फरार

सिरहा । सिरहामा अवैध काठ बोकेको एक ट्याक्टर प्रहरी र वन कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । 

सब डिभिजन वन कार्यालय चोहर्वा र इलाका प्रहरी कार्यालय, गोलबजारको टोलीले गोलबजार नगरपालिका-४ भुल्केबाट अवैध काठ र ट्याक्टर नियन्त्रणमा लिएको हो ।

शनिबार साँझ प्रहरीको समन्वयमा स १ त ५७८७ ट्याक्टर र करिब २५ वटा गमहाइर प्रजातिका गोलिया काठ नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय, लहानका सूचना अधिकारी राधेश्याम चौधरीले बताउनुभयो । ट्याक्टर चालक भने फरार भएको उहाँको भनाइ छ ।

ट्रयाक्टर र काठको धनी पनि खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको चौधरीले बताउनुभयो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।