नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा गाडी नियन्त्रणमा

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा गाडी नियन्त्रणमा

इटहरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा चार पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ ।

मातहतका इकाइहरूको संयुक्त जाँचका क्रममा नियन्त्रणमा लिइएका ती सवारीसाधन ट्राफिक प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । विषेश सूचनाको आधारमा गरिएको सवारी जाँचका क्रममा आवश्यक कागजात नभएका तथा आफुखुसी नक्कली नम्बर प्लेट प्रयोग गरी कानुनविपरीत सञ्चालन भइरहेका सवारीसाधन नियन्त्रणमा लिइएको हो । 

ती सवारीको आरसी बुकमा उल्लेखित इन्जिन र चेसिस नम्बर फरक रहेको पाइएपछि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय, कोशी ब्यारेज सुनसरीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । सुनसरी प्रहरीले यसअघि पनि नक्कली नम्बर प्लेटका एक दर्जन सवारीसाधन नियन्त्रण लिएर भन्सारमा बुझाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.