पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले रवि लामिछानेसहित ३० व्यक्ति र ११ संस्था गरी कुल ४१ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
वीरगञ्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम अपचलन गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय पर्सामा परेको उजुरीमाथि अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय पर्सामा बुझाएको हो ।
प्रहरीले रवि लामिछाने, जीबी राई र छबिलाल जोशीलगायत ३० जना र ११ वटा संस्थालाई प्रतिवादी बनाएको छ । सहकारी ठगीसँगै संगठित अपराधको कसुर पनि आकर्षित हुने देखिएकाले सोही बमोजिमको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।