खोलामा डुबेर बेपत्ता भएका युवकको शव फेला

वैशाख १४, २०८२ |अमर क्षितिज भण्डारी
खोलामा डुबेर बेपत्ता भएका युवकको शव फेला

दाङ । दाङमा नुहाउने क्रममा खोलामा डुबेर वेपत्ता एक युवकको शव फेला परेको छ । शनिबार दिउँसो लमही स्थित अर्जुन खोलामा नुहाउन गएका लमही ५ का २२ वर्षीय चेतराज चौधरी वेपत्ता भएका थिए । 

हिजो साँझ अबेरसम्म नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाद्वारा खोजीकार्य भएपनि फेला नपरेपछि खोजिकार्य रोकिएको थियो । 

आज बिहान ६ बजेदेखी नै पुनः खोजी कार्य जारी राखेको र ९ बजे डुबेकै स्थान नजिक चौधरीको शव फेला परेको सशस्त्र प्रहरीका प्रहरी निरिक्षक सन्तोष डाँगीले जानकारी दिनुभयो । 

फेला परेको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ । पोष्टमार्टमपछि चौधरीको शव प्रहरीको जिम्मा लगाइने प्रहरीले जनाएको छ । 

चौधरी डुबेकै स्थानमा गतवर्षपनि पोडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु भएको थियो । गर्मी छल्न नदीखोलामा नुहाउन जाने र पोडी खेल्न नजान्दा दाङ जिल्लामा बर्षेनी ४ देखी ५ जनाले ज्यान गुमाएको प्रहरी तथ्याङक छ ।

याे पनि :

नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।