नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता

वैशाख १३, २०८२ |अमर क्षितिज भण्डारी
नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता

दाङ । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक युवक बेपत्ता भएका छन् । शनिबार दिउँसो लमहीस्थित अर्जुन खोलामा नुहाउन गएका लमही- ५ का २२ वर्षीय चेतराज चौधरी बेपत्ता भएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । 

दिउँसो साथीहरूसँग नुहाउन गएका चेतराम बेपत्ता भएपछि प्रहरीलाई खबर गरेका थिए । बेपत्ता भएका चौधरीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाद्वारा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।