धनकुटा । भोजपुरबाट इटहरी जाँदै गरेको माइक्रो बस पाख्रिबासमा दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।
प्रदेश १-०२-००१-ज-४६२९ नम्बरको गाडी मध्यपहाडी लोकमार्गको पाख्रिबास-५ देवीथानमा दुर्घटनामा परेको हो । गाडीमा सवार १६ मध्ये ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा भोजपुरको रामप्रसाद राई गाउँपालिकाकी वीरमाया तामाङ, किशोर तामाङ, टेम्केमैयूङकी बेगना चेम्जोङ, तपीराज राई, झापा विर्तामोडका कृष्णबहादुर राई, संखुवासभा चैनपुरका रमेश कार्की, भोजपुर-७ का प्रविनकुमार सुवाल छन् ।
घाइते मध्ये ४ जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । ३ जनाको भने स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो ।