माथिल्लो डोल्पामा पहिचान नखुलेको मृतकको शव फेला

चैत्र १२, २०८१ |सरोज थापा
माथिल्लो डोल्पामा पहिचान नखुलेको मृतकको शव फेला

डोल्पा । माथिल्लो डोल्पामा पहिचान हुन नसकेको मृतक शव फेला पारिएको छ । जिल्ला प्रहारी कार्यलय डोल्पामा जानकारी आएपछि जिल्ला प्रहरी कार्यलयबाट खटिएको अनुसन्धान अधिकृतसहितको टोली घटना स्थलमा पुगि बेवारिसे शवलाई पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम दुनै पुर्‍याएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।

चैत्र ५ गते अन्दाजी ११स्३५ बजेको समयमा डोल्पाको छार्काताङ्सोङ गाँउपालिका २ मिसिङ बगर भन्ने स्थानमा पहिचान नभएको र सनाखत हुन नसकेको मृतक शव फेला पारेको जिल्ला प्रहरी कार्यलय डोल्पाका डिएसपी हरि कृष्ण केसिले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यलय डोल्पाको अनुसार अन्दाजी वर्ष ४५/५० जतिको पहिचान हुन नसकेको पुरुष व्यक्तीको शव फेला पारी जिल्ला अष्पतालको सब गृहमा शव राखिएको प्रहरीले जनाएको छ । 


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।