
काठमाडौं । आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।
निजले काठमाडौंको सिनामङ्गलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुङ्गाबाट पक्राउ गरेका छौँ, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।” असइ कार्कीले सिनामङ्गलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ ।