सुनसरीको रामधुनीका सफारी चालक चौधरीको हत्यामा संलग्न सात जना पक्राउ

मंसिर २२, २०८२ |अर्जुन सुवेदी
सुनसरीको रामधुनीका सफारी चालक चौधरीको हत्यामा संलग्न सात जना पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ स्थित कर्मनिया टोलका सिटी सफारी चालक दिनेश चौधरीको हत्यामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

चौधरीको गत असोज २५ गते साँझ गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न उनीहरूलाई झन्डै दुई महिनाको अनुसन्धान र खोज तलासपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले साेमबार बिहान पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हाे।

गत असोज २५ गते साँझ करिब ५ बजे चौधरीमाथि सो समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । पक्राउ पर्नेमा सुनसरी रामधुनीका राजकिशोर शाह सोही ठाउँका नन्दकिशोर शाह, सप्तरीका अङ्कित शाह सोही ठाउँका प्रिन्सकुमार दास र सुनसरीका मोहम्मद इब्रान मिया, गियास मन्सुरी र मिथिलेस यादव रहेका छन्। हत्याका कारण आर्थिक लेनदेनको विषय रहेको सुनसरी प्रहरी प्रमुख थेबेले बताउनुभयो।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।