
झापा । सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउने तीन जना झापाली पत्रकारलाई टंकप्रसाद, रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
भ्रष्टाचारविरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर मंगलबार नेपाल पत्रकार महासंघले पत्रकारहरूलाई पुरस्कृत गरेको हो । विर्तामोडमा आयोजित कार्यक्रममा सञ्चारकर्मी चिरन्जीबी घिमिरेलाई यो वर्षको पुरस्कार प्रदान गरियो भने इन्दू पूर्वेली र सुरेन्द्र भण्डारीलाई गत वर्षको पुरस्कार वितरण गरियो । पुरस्कारको राशी ५० हजार ५ सय ५५ रूपैयाँ रहेको छ ।
सोही कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरणको क्षेत्रमा कलम चलाएबापत सञ्चारकर्मी ज्योत्स्ना श्रेष्ठ र रन्जिता खड्कालाई पनि पुरस्कृत गरियो ।