गोरखाको रिबम बौद्ध गुम्बा परिसरमा रहेको होस्टेलमा आगलागी

मानवीय क्षति नभएकाे प्रहरीकाे भनाइ
मंसिर २१, २०८२ |भीमलाल श्रेष्ठ
गोरखाको रिबम बौद्ध गुम्बा परिसरमा रहेको होस्टेलमा आगलागी

गोरखा । गोरखाको चुमनब्री गाउँपालिका-२ ल्होस्थित रिबम बौद्ध गुम्बा परिसरमा रहेको होस्टेलमा आइतबार दिउँसो करिब २ बजे अचानक आगलागी भएको छ । 

चार तले रहेको उक्त होस्टेलमा लामा पढाउने गुरूसहित अन्दाजी ६० जना बस्ने गरेको भन्ने बुझिएकाे प्रहरीले जनाएको छ । आगलागीबाट होस्टेलको ५० कोठामा क्षति भए पनि कुनै मानवीय क्षति नभएको वडा अध्यक्ष मिङग्युर दोर्जे लामालाई उदृत गर्दै प्रहरीले जनाएको छ । आगलागीको कारण पत्ता लाग्न सकेको छैन । 


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।