
चितवन । चितवनमा लागूऔषध खैरो हिरोइनसहित ८ जना पक्राउ परेका छन्।
भरतपुर महानगरपालिका-१० स्थित लाहुरे टोलबाट लागूऔषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ परेका हो । उनीहरूलाई लागूऔषधसम्बन्धी कसूरमा बुधबार चितवन जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३२ घर भई हाल भरतपुर-१० मा बस्दै आएका १९ वर्षीय अनवर अन्सारी, रहिफुल्ला मिया ठकुराई, प्रवेज अन्सारी, भरतपुर-४ स्थित त्रिचोक बस्ने २१ वर्षीय सरोज तामाङ, भरतपुर-१७ का २४ वर्षीय बसन नेपाली, भरतपुर-२१ का ३२ वर्षीय मनोज बिक, वीरगञ्ज-१ छप्कैया बस्ने २३ वर्षीया आयुषा खातुन र भरतपुर-२१ का ३६ वर्षीय भीमबहादुर तामाङ रहेका छन्।
उनीहरूको साथबाट १४२ ग्राम ६८ मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रहरीले जानकारी दिएको छ।