हत्याकाे आशंकामा ५ जना पक्राउ

चैत्र १, २०८१ |विनोद घिमिरे
हत्याकाे आशंकामा ५ जना पक्राउ

धनकुटा। धनकुटा छथर जोरपाटी गाउँपालिका-२ का खेमबहादुर दर्लामीको हत्या आशंकामा सोहि ठाउँबाट धनकुटा प्रहरीले अनुसन्धानका लागि ५ जनालाई पक्राउ गरेको छ ।

मृतक खेमबहादुरको शव बिहीबार विहान छथरजोरपाटी-२ स्थित फलैंचामा फेला परेको थियो ।

प्ररम्भीक अनुसन्धामा मृतक खेमबहादुर र उनकी पत्नी ४४ वर्षीय जीतमाया लिम्बुबीच बुधबार घरायासी विषयमा झगडा भएको थियो ।

श्रीमान-श्रीमतिबीचको झगडामा छिमेकी समेत संलग्न भई कुटपिट गर्दा खेमबहादुरको मृत्यू भएको हुनसक्ने प्रहरीको भनाई छ ।

घटनामा संलग्न भएको आशंकामा मृतककि श्रीमती जीतमाया लिम्बु, छिमेकी इन्द्रबहादुर तामागं, चेतुलाल मगर, दाछिरी शेर्पा र एकजना नाबालकलाई पक्राउ गरिएको धनकुटाका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement