लालबन्दीबाट पेस्तोलसहित रामलाल मोक्तान पक्राउ

असार १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
लालबन्दीबाट पेस्तोलसहित रामलाल मोक्तान पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दीमा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा गएको टोलीले एक थान पेस्तोलसहित रामलाल मोक्तानलाई नियन्त्रणामा लिएको हो ।

पछिल्लो केही महिनायता तराईका जिल्लाहरुमा हतियार प्रयोगबाट आपराधिक घटना बढेन थाले पछि प्रहरीले कारबाही चलाइरहेको छ । पक्राउ परेका मोक्तानले उक्त पेस्तोल कहाँबाट ल्याए भन्ने खुलेको छैन ।

यो पनि...

रौतहटबाट हतियारसहित एक भारतीय पक्राउ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement