रौतहटबाट हतियारसहित एक भारतीय पक्राउ

असार १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
रौतहटबाट हतियारसहित एक भारतीय पक्राउ

रौतहट । रौतहटको गौरबाट सशस्त्र प्रहरी बलले हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गौर नगरपालिका २ महादेवपट्टिबाट भारतको सितामढी जिल्ला बैरगनिया-३ असोगीका राहुल रामलाई एक थान कटुवा पेस्तोलसहित सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको टुल बक्समा हतियार फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ । पक्राउ परेका रामलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement