
धनकुटा । धनकुटामा साेमबार दीप प्रज्वलन गरी नेपाल पत्रकार महासङ्घको स्थापना दिवस मनाइएको छ।
जिल्ला शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा महासङ्घका सल्लाहकारहरू तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष बिदुर खवासले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आगामी दिनहरू अझ चुनौतीपूर्ण र महत्वपूर्ण रहने बताउनुभयाे ।
पत्रकारहरूले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामा अडिग रहनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा सहभागीहरूले पत्रकारिताको मर्यादा, पेसागत आचारसंहिता तथा सञ्चारकर्मीहरूको सुरक्षाको विषयमा पनि चर्चा गरेका थिए। दीप प्रज्वलनमार्फत पत्रकारिता क्षेत्रको उज्ज्वल भविष्यको कामना गरिएको थियो।