धनकुटामा पहिरोले सडक अवरूद्ध

चैत्र ७, २०८२ |विनोद घिमिरे
धनकुटामा पहिरोले सडक अवरूद्ध

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ थुम्कीस्थित निर्माणाधीन रवि-राँके-भेडेटार सडक खण्डमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरूद्ध भएको छ।

शनिबार अपराह्न करिब ४ : ३० बजे अविरल वर्षापछि सडक माथिबाट पहिरो खस्दा बाटो दुबै तर्फबाट बन्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। भेडेटारबाट डाँडाबजारतर्फ जाँदै गरेको को १ क ३३०९ नम्बरको मिनी ट्रक पहिरोको बीच भागमा फसेको थियो । तरऽ उक्त ट्रक प्रहरीले सडकबाट हटाएको छ।

प्रहरीका अनुसार चालक सकुशल रहेका छन् र प्रहरीको सम्पर्कमा छन्। हालसम्म ट्रकमा कुनै क्षति पुगेको छैन। घटनास्थलमा इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली खटिएको छ। यता, निरन्तर पहिरो खसिरहेकाले उक्त सडक खण्डमा यात्रा नगर्न तथा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।