वर्षाले प्रधानमन्त्री कपका दुबै खेल रद्द, सबै टोलीले बाँडे अंक

चैत्र ७, २०८२ |खेल ब्युरो
वर्षाले प्रधानमन्त्री कपका दुबै खेल रद्द, सबै टोलीले बाँडे अंक

काठमाडौं । शनिबारदेखि सुरू भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतका दुबै खेल वर्षाका कारण रद्द भएका छन् ।

वीरगञ्जस्थित नारायणी रंगशालामा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण बीचमै रोकिएपछि पुन: सञ्चालन हुन सकेन । लुम्बिनी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको कर्णालीले ७ ओभरमा २० रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको थियो । 

त्यसपछि खेल पुन: सुरु हुन सकेन । यससँगै दुबै टिमले १-१ अंक बाँडेका छन् । यस्तै रामजानकी रंगशाला जनकपुरमा कोशी र मधेश प्रदेशबीचको खेलमा टस समेत हुन सकेन । यससँगै दुबै टिमले १-१ अंक बाँडे । यस संस्करणको प्रधानमन्त्री कप मधेश प्रदेशका दुई स्थान र काठमाडौंको मुलपानी क्रिकेट मैदान गरी तीन स्थानमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा आइतबार ३ खेल हुनेछन् ।