एएफसी महिला एसियन कपकाे उपाधि जापानलाई

चैत्र ७, २०८२ |खेल ब्युरो
एएफसी महिला एसियन कपकाे उपाधि जापानलाई

काठमाडौं । सिड्नीको स्टेडियम अष्ट्रेलियामा शनिबार सम्पन्न २०२६ एएफसी महिला एसियन कपको फाइनलमा जापानले आयोजक अष्ट्रेलियालाई १-० ले पराजित गर्दै तेस्रो पटक एसियन च्याम्पियनको उपाधि जितेको छ ।

खेलको १७औं मिनेटमा २१ वर्षीया जापानी स्ट्राइकर माइका हामानोले पेनाल्टी एरिया बाहिरबाट गरेको स्ट्राइक नै खेलको निर्णायक गोल बन्यो । जापानले अष्ट्रेलियालाई फाइनलमा १-० ले हराएको यो तेस्रो पटक हो। यसअघि सन् २०१४ र २०१८ को फाइनलमा पनि जापानले अष्ट्रेलियालाई १-० कै अन्तरले पराजित गरेको थियो । 

जापानले यस प्रतियोगिताकामा कुल २९ गोल गर्यो । प्रतियोगितामा ६ गोल गरेकी रिको उएकीले गोल्डेन बुट हात पारिन् । उत्कृष्ट गोलकिपरमा जापानकै आयाका यामाशिता घोषित भईन् । यस प्रतियोगिताको नतिजासँगै जापान, अष्ट्रेलिया, चीन, दक्षिण कोरिया, फिलिपिन्स र उत्तर कोरियाले २०२७ फिफा महिला विश्वकपका लागि स्थान सुरक्षित गरेका छन् । 

यस्तै, आठवटै क्वार्टर-फाइनलिस्ट टोलीहरूले २०२८ को ओलम्पिक छनोटमा पनि स्थान बनाएका छन् ।