सिरहामा साढे तीन बजेसम्म ६२ प्रतिशत मतदान

फाल्गुन २१, २०८२ |विनय आजाद
सिरहामा साढे तीन बजेसम्म ६२ प्रतिशत मतदान

सिरहा । सिरहामा दिउँसो साढे ३ बजेसम्ममा ६२ प्रतिशत मत खसेको छ । 

बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा साढे ३ बजेसम्म ६२ प्रतिशत हाराहारी मतदान सम्पन्न भएको हो । चार निर्वाचन क्षेत्र रहेको सिरहामा कुल चार लाख ५३ हजार ६४५ मतदाता छन् । सिरहा-१ मा एक लाख ११ हजार ९४९, सिरहा-२ मा एक लाख १५ हजार ७६०, सिरहा-३ मा एक लाख १९ हजार २५० र सिरहा-४ मा एक लाख ६ हजार ६८६ मतदाता छन् ।

जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ३१ मतदान केन्द्र कायम गरिएका छन् । जिल्लाभरमा शान्तिपूर्ण ढंगले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयाे ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।