राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही चैत २७ गते शुक्रबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थले जानकारी दिनुभयो । 

निर्वाचनपछिको संसदको पहिलो अधिवेशनमा राष्ट्रपतिले सम्बोधन गर्ने संविधानको धारा ९५ मा व्यवस्था छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.