लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिवल प्रतियोगिता सुरू

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिवल प्रतियोगिता सुरू

दाङ । लुम्बिनी प्रदेशस्तरीय दोस्रो मुख्यमन्त्री कप महिला तथा पुरूष भलिवल प्रतियोगिता दाङको घोराहीमा बुधबार सुरू भएको छ । 

चैत २८ गते सम्म चल्ने प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो। लुम्बिनी प्रदेशका १२ जिल्लाका महिलाका १२ र पुरूषका १२ गरी २४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले फिभाको नियमअनुसार लिगकम नकआउट प्रणालीमा खेल्नु पर्नेछ। 

प्रतियोगिताका विजेताले नगद १ लाख, द्वितीय हुने टोलीले ६५ हजार र तृतीयले ३५ हजार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही ५ हजार रूपैयाँ नगदसहित पुरस्कृत गरिनेछ । गत वर्ष पुरूषतर्फ गुल्मी र महिलातर्फ पाल्पा पहिलो भएका थिए । 

बुधबार भएको खेलमा पुरूषतर्फ गुल्मी, पाल्पा र नवलपरासी विजयी भएका छन्। गुल्मीले दाङलाई सोझो सेटमा हराउँदा पाल्पासँग बाँके तीन शून्यको सेटमा पराजित भयो। त्यसैगरी नवलपरासीले रोल्पालाई चार सेटमा हराउँदा बर्दिया ३-० को सेटमा पराजित भएको हो। 

बुधबार महिला तर्फ पाल्पा र रोल्पा बिजयी भए। पाल्पाले नवलपरासीलाई ३–० को सेटमा हराउँदै रुपन्देहीले प्युठानलाई पनि सोझो सेटमा नै पराजित गरेको हो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.