प्रधानमन्त्री कपमा मधेश विजयी

चैत्र २५, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कपमा मधेश विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई डीएलएस प्रणालीमा १८ रनले पराजित गरेको छ। 

वर्षाका कारण सुरूमा ३५ ओभरमा घटाइएको खेलमा जवाफी ब्याटिङ गरेको मधेशले २२ ओभरसम्म मात्रै ब्याटिङ गर्दा लक्ष्यमा पुग्न डिएलएस लक्ष्यमा पुग्न नसक्दा पराजित भएको हो। वीरगञ्जको नारायणी क्रिकेट मैदानमा गण्डकीले पहिले फिल्डिङ गर्ने निर्णय लियो। 

वर्षा र ओसिलो आउट फिल्डका कारण खेल ३५ ओभरमा झारिएको भए पनि मधेश प्रदेश ३४ ओभर पाँच बलमा अलआउट भएर एक सय ७२ रन बनाएको थियो। ओपनर निरज यादव शून्यमा आउट भए पनि मयन यादवले ४३, अनिल शाहले ३६ र विसाल सुस्लिङले अविजित ४० रनको योगदान गरेका थिए। 

गण्डकीका अपराजित पौडेल र सुवास भण्डारीले समान तीन तीन विकेट लिएका थिए। जवाफमा अर्जुन कुमालले ६५ बलमा ४९ रन बनाएर उत्कृष्ट प्रदर्शन गरेको भए पनि उनले अर्को एन्डबाट बलियो साथ पाउन सकेनन्। खेल २२ ओभरमा पुग्दा पाँच विकेट गुमाएको अवस्थामा लक्ष्य ९३ रन रहे पनि गण्डकीले ८० रन मात्रै बनाउन सक्यो। 

विशाल पटेल, रन्जित कुमार र आशिक बैथाले एक एक विकेट लिँदै मधेशलाई जितसम्म पुर्याएका हुन्। यो जितसँगै ६ खेलबाट नौ अंक बनाएको छ। ऊ अंकतालिकाको तेस्रो स्थानमा छ। मधेश शीर्षस्थानको आर्मीभन्दा दुई अंकले पछि छ। दोस्रो स्थानको सुदूरपश्चिमको १० अंक छ। पराजित गण्डकी पाँच अंकका साथ आठौं स्थानमा छ।