सिरहामा साढे १ बजेसम्म ५१ प्रतिशत मतदान

फाल्गुन २१, २०८२ |विनय आजाद
सिरहामा साढे १ बजेसम्म ५१ प्रतिशत मतदान

सिरहा । सिरहामा बिहान दिउँसो साढे बजेसम्ममा ५१ प्रतिशत मतदान सम्पन्न भएको छ । 

बिहान सात बजेदेखि मतदान सुरू भएकोमा साढे १ बजेसम्म साढे ६ घन्टामा ५१ प्रतिशत हाराहारी मतदान सम्पन्न भएको हो । चार निर्वाचन क्षेत्र रहेको सिरहामा कुल चार लाख ५३ हजार ६४५ मतदाता छन् । सिरहा-१ मा एक लाख ११ हजार ९४९, सिरहा-२ मा एक लाख १५ हजार ७६०, सिरहा-३ मा एक लाख १९ हजार २५० र सिरहा-४ मा एक लाख ६ हजार ६८६ मतदाता छन् ।

जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ३१ मतदान केन्द्र कायम गरिएका छन् । जिल्लाभरमा शान्तिपूर्ण ढंगले मतदान जारी छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।