
चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-२९ घुमाउनेमा बस पल्टिदा ३८ जना घाइते भएका छन् ।
आज विहान ३:१० बजेको समयमा दाङबाट काठमाडौँ तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएका मध्ये १० जनाको अवस्था मध्यम रहेको छ भने २८ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ६ जनाको मुग्लिनमा उपचार भइरहेको छ भने बाँकी सबैको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।