सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा परम्परागत बिसु पर्व मनाइँदै

वैशाख १, २०८३ |हरिश्चन्द्र बाग
सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा परम्परागत बिसु पर्व मनाइँदै

कञ्चनपुर । नयाँ वर्षको पहिलो दिन सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा परम्परागत बिसु पर्व धूमधामका साथ मनाइँदैछ । 

वैशाख १ गते मनाइने यो पर्व सुदूरपश्चिमेलीहरूको सांस्कृतिक पहिचानको रूपमा स्थापित हुँदै गएको छ । यस पर्वमा सुदूरपश्चिमेलीहरूले, खासगरी पहाडी समुदायमा सिस्नो लगाउने परम्परा पनि छ । विशेष गरी देवर-भाउजू र नन्द-भाउजूबीच सिस्नो लगाउने परम्परा छ ।

यसैगरी डोटी, अछाम, बझाङ र बाजुरामा पुत्ला खेल्ने र बिसुलोडा चलाउने चलन छ । नयाँ वर्षमा रोग नलागोस् र शरीर शुद्ध रहोस् भन्ने विश्वाससाथ यस्तो गरिन्छ । नयाँ वर्षको पहिलो दिन कञ्चनपुरमा पनि चहलपहल देखिएको छ। 

गड्डाचौकी नाकाबाट पूर्णागिरि दर्शन गरेर फर्किएका भारतीय तीर्थालुहरू नेपालस्थित सिद्धनाथ वैजनाथ मन्दिर दर्शन गर्न महेन्द्रनगर र ब्रहृमदेव आइपुगेका छन् । महाकाली नदी किनारको हरिहर घाटमा स्नान र पूजाआजाका लागि भक्तजनहरू पुगेका छन् । 

बिसु पर्वको अवसरमा विभिन्न ठाउामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।