६ दलका घोषणापत्रका आधारमा सरकारले तयार पार्‍यो १८ बुँदे 'राष्ट्रिय प्रतिबद्धता'

सुशासन तथा भ्रष्टाचार नियन्त्रणदेखि आर्थिक सुधार मुख्य प्राथमिकताका क्षेत्र
वैशाख १, २०८३ |कान्तिपुर टीभी संवाददाता
६ दलका घोषणापत्रका आधारमा सरकारले तयार पार्‍यो १८ बुँदे 'राष्ट्रिय प्रतिबद्धता'

काठमाडौं । सरकारले राष्ट्रिय मान्यताप्राप्त ६ राजनीतिक दलका घोषणापत्र अध्ययन गरी 'राष्ट्रिय प्रतिबद्धता' तयार पारेको छ । 

१८ बुँदे 'राष्ट्रिय प्रतिबद्धता' राय तथा सुझावका लागि सार्वजनिक गरिएको छ । सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीको बुँदा नम्बर ३ कार्यान्वयनका लागि राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरिएको हो । उक्त बुँदामा 'सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतापत्रहरूमा समावेश कार्यान्वयनयोग्य विषयहरूको संश्लेषण गरी 'राष्ट्रिय प्रतिबद्धता' तयार गर्ने एवं तिनमा सरकारको साझा स्वामित्व स्थापित गर्ने' उल्लेख गरिएको थियो ।

सोहीअनुसार राष्ट्रिय प्रतिबद्धतामा फागुन २१ को निर्वाचनबाट राष्ट्रिय मान्यताप्राप्त दलहरू रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका चुनावी वाचा समेटिएका छन् । प्रतिबद्धतामा सुशासन तथा भ्रष्टाचार नियन्त्रणदेखि आर्थिक क्षेत्रमा स्थायित्व र सुधार र पूर्वाधार विकासलगायत मुख्य प्राथमिकताका क्षेत्र उल्लेख गरिएका छन् ।

सरकारले राजनीतिक दलका घोषणापत्रका आधारमा तयार गरिएको “राष्ट्रिय प्रतिबद्धता” को मस्यौदा उपर सम्बन्धित राजनीतिक दलहरूबाट वैशाख १० गतेभित्र राय-सुझाव मागेको छ । राष्ट्रिय प्रतिबद्धतापत्रको प्रभावकारी कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत संरचना तयार पारिएको उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.