इनरुवामा सडक निर्माणमा गुणस्तरमाथि प्रश्न, स्थानीयको विरोध

वैशाख १, २०८३ |अर्जुन सुवेदी
इनरुवामा सडक निर्माणमा गुणस्तरमाथि प्रश्न, स्थानीयको विरोध

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–९ बबिया यादव टोलमा निर्माणाधीन सडकको गुणस्तरमाथि स्थानीयले प्रश्न उठाउँदै विरोध जनाएका छन्। 

निर्माणमा मापदण्डविपरीत कमसल काम भइरहेको आरोप लगाउँदै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। पुरानो कालोपत्रे जोतेर उचित आधार तयार नगरी काम गरिएको आरोप उनीहरूले लगाएका छन् । 

साविक बबिया शुक्रबारे हाटदेखि सतैरझोरा हुँदै बबिया सहकारीसम्मको सडक निर्माणमा गुणस्तर कमजोर भएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।