चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

माघ १३, २०८२ |राजु चौधरी
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका-१ मरड खोला छेउमा सोमबार दिउँसो गैंडाले आक्रमण गर्दा माडी-१ कल्याणपुरका २२ वर्षका अशोक भट्टराई गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा गयराती चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका भट्टराईलाई सुरुमा भरतपुर अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो ।

माडीमै अर्का एक व्यक्ति पनि घाँस दाउरा लिन जङ्गल जाँदा बेपत्ता छन् । उनको खोजी भइरहेको छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।