कैलाली-१ का उम्मेदवार रेशम चौधरीविरूद्ध उजुरी

उजुरीसम्बन्धी प्रमाण पेस गर्न सम्बन्धित पक्षलाई आग्रह
माघ ७, २०८२ |टेकराज जोशी
कैलाली-१ का उम्मेदवार रेशम चौधरीविरूद्ध उजुरी

कैलाली । नागरिक उन्मुक्ति पार्टी नेपालकाे तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार रेशम चौधरीविरूद्ध उजुरी परेको छ।

सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भइसकेको आधारमा उहाँको उम्मेदवारी रद्द गर्न माग गर्दै उजुरी दर्ता गरिएको हो। निर्वाचन अधिकृतको कार्यालयले उजुरीसम्बन्धी प्रमाण पेस गर्न बिहिबार बिहान १० बजे उपस्थित हुन सम्बन्धित पक्षलाई जानकारी गराएको छ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।