
पाल्पा । नेपाली सेनाले पाल्पाका गढी र किल्लाको पदयात्रा सुरु गरेको छ ।
पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेको पदमार्गको प्रचार तथा पहिचान गर्न पाल्पाका गढी तथा किल्लाहरूमा सेनाले १ सय ६१ किलोमिटर पदयात्रा गर्ने जनाएको छ।
रामपुर नगरपालिकाको केलादीघाटबाट सुरु भएको पदयात्रा पूर्वखोला वाकुमगढी, माथागढीको हात्तीलुङ, रम्भा गाउँपालिकाको ताहुँ, तानसेन नगरपालिकाको प्रवास, तानसेन बजार र तिनाउ गाउँपालिकाको जितगढी नुवाकोटसम्म पुग्नेछ ।