
चितवन । चितवनका कुनै पनि उम्मेदवारविरूद्ध उजुरी परेकाे छैन ।
बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारविरूद्ध उजुरी दिन सकिने समय तालिका रहे पनि कुनै उम्मेदवारविरूद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यलयका सहायक निर्वाचन अधिकृत देवी भण्डारीले जानकारी दिनुभयाे ।
चितवन क्षेत्र नम्बर १ मा २ महिलासहित १९ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नम्बर २ मा ७ महिलासहित २३ र क्षेत्र नम्बर ३ मा ९ महिलासहित २३ जनाको उम्मेदवारी परेको छ ।