
धनगढी । कैलालीका भूपेन्द्र बडुवाल हत्याकाण्डमा नवीन रावलसहित ६ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला अदालत कैलालीद्वारा रावलसहित आर्यन देवकोटा, रोशनबहादुर शाही, अर्नुज भनिने चिरञ्जिवी शाही, रोहित आले र हिमाल शाहीलाई आ-जीवन कारावासको सजाय तोकिएको हो।
यस्तै, हेमन्त शाही, मदन शाही, दिपेन्द्र शाही, निसान्त मल्ल र सोहन शाहलाई जन्मकैद तथा लोकन्द्र कुँवर र समिरजंग शाहीलाई अभियोग दाबी बमोजिम जन्मकैदको फैसला भएको अदालतका सूचना अधिकारी पंकज उपाध्यायले जानकारी दिनुभयाे। अशोक रावलसहित सात जनाले सफाइ पाएका छन् भने फरार प्रतिवादी लोकेन्द्रजंग शाहीको मुद्दा मुल्तबीमा राखिएको छ।
लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय बडुवालको २०७८ कात्तिक २३ गते टीकापुर नगरपालिका–-१ मा हत्या भएको थियो।