सुदूरपश्चिम राष्ट्रिय सभा निर्वाचन : दुई सिटका लागि चार जनाको उम्मेदवारी

पुस २३, २०८२ |टेकराज जोशी
सुदूरपश्चिम राष्ट्रिय सभा निर्वाचन : दुई सिटका लागि चार जनाको उम्मेदवारी

धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि दुई सिटमा चार जनाले मनोनयन दर्ता गराएका छन्। 

महिलातर्फ एमालेकी लीला कुमारी भण्डारी र नेकपाकी रोजी बस्नेत उम्मेदवार बन्नुभएकाे छ। कांग्रेस-एमाले सहमतिअनुसार महिलातर्फ भण्डारीको उम्मेदवारी परेको हो। अन्यतर्फ नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपाका टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन्। 

कांग्रेस र एमालेसँग भागबन्डामा सहमति नजुटेपछि नेकपाले एकल रूपमा उम्मेदवार उठाएको जनाएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिममा जम्मा मतभार ६ हजार एक सय छ । जसअन्तर्गत नेपाली कांग्रेसको २ हजार ६०७, नेकपाको एक हजार ८१६, एमाले एक हजार ५३३, राप्रपा ५३, रास्वपा ५३ र स्वतन्त्र ३८ मतभार रहेको छ ।

नेकपाको मतभार एक हजार ८ सय प्रदेश सभा सदस्यबाट २ हजार ७५६ र स्थानीय तहको ३ हजार ३४४ रहेको छ । सुदूरपश्चिम प्रदेश सभा मतदाता संख्या ५२ छ भने स्थानीय तहको संख्या ८८ रहेको छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।