
झापा । जेन-जी फ्रन्टकी संयोजक रक्षा बमले पुरानो राजनीतिक संस्कारले देशमा भ्रष्टचार मौलाएका कारण त्यसविरूद्ध नयाँ राजनीतिक संस्कार विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार झापाको दमकमा निर्वाचन क्षेत्र नं ५ स्तरीय जेन-जी जागरण सभालाई सम्बोधन गर्दै संयोजक बमले पुरानै राजनीतिलाई नयाँ पुस्ताले पनि पछ्यायो भने फेरि भ्रष्टचार मौलाउने हो कि भन्ने डर रहेको समेत उहाँले बताउनुभयो ।
संयोजक बमले पुराना राजनीतिक दलका नेताहरूले आफू नै मालिक भएको भन्ने अहम बोकेर जनतालाई दास सम्झेको कारण पनि देशमा जेन-जी विद्रोह भएको प्रष्ट पार्नुभयो । उहाँले नयाँ राजनीतिक परिवर्तनका लागि समाजका सबै तह र तप्काका मानिसको बराबर भूमिका रहने भन्दै देश बनाउन सबै लागि पर्नुपर्नेमा समेत जोड दिनुभयो ।