पाथीभरामा हिउँ पर्‍यो, चिसोका बीच शनिबार झण्डै तीन हजार तीर्थयात्री

मंसिर ६, २०८२ |आनन्द गौतम
पाथीभरामा हिउँ पर्‍यो, चिसोका बीच शनिबार झण्डै तीन हजार तीर्थयात्री

ताप्लेजुङ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा शनिबार बिहान हिउँ परेको छ ।

मन्दिरमा पुगेका पाथीभरा क्षेत्र विकास समितिका सञ्चार अधिकृत सन्तोष पुर्कोटीका अनुसार बिहानदेखि फुरफुर हिउँ पर्दा चिसो बढेको छ ।

हिउँ र चिसोका बाबजुत झण्डै तीन हजार तीर्थयात्री लाइनमा बसेर पूजा गरिरहेको क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । तीर्थयात्रीलाई चोसोबाट असर हुन नदिन र पूजा सहज बनाउन आफूहरूले बिहानैदेखि समन्वय गरिरहेको महतले बताउनुभयो ।

अधिकजसो तीर्थयात्री ३१ सय मिटर उचाइमा रहेको माथिल्लो फेदी, २४ सय मिटर उचाइको काफ्‌लेपाटीमाशुक्रबार बेलुका गएर बस्ने र शनिबार बिहानै मन्दिर पुगेर पुजा गरेर फर्कने गरेका छन् । काफ्‌लेपाटी देखि मन्दिरसम्म ५ किलोमिटर पैदल दूरी रहेको छ । काफ्‌लेपाटीदेखि माथिल्लो फेदी साढे दुई र त्यहाँबाट मन्दिरसम्म साढे दुई किलोमिटर दूरी रहेको छ । माथिल्लो फेदीदेखि मन्दिरसम्म हिउँ पर्ने गरेको छ ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।