.png&w=1000&height=550)
काठमाडौं । नेपालले साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशको सामना गर्ने भएको छ।
माल्दिभ्समा जारी च्याम्पियपसिपअन्तर्गत समूह चरणका खेल सकिएसँगै नेपालले समूह 'बी'को उपविजेता बंगलादेशलाई प्रतिद्वन्दी पाएको हो। माल्दिभ्समा शुक्रबार सम्पन्न खेलमा आयोजक माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेसँगै नेपाल अपराजित रहेर सेमिफाइन प्रवेश गरेको थियो।
तीन खेलमा सात अंक जोडेको नेपाल समूह 'ए'को विजेता टोली हो। त्यसपछि नेपालले सेमिफाइनलमा समूह 'बी'को उपविजेतासँग खेल्ने तय भएको थियो। समूह 'बी'अन्तर्गत शनिबार भएको अन्तिम खेलमा भारत र बंगलादेशले १-१ गोलको बराबरी खेलेका थिए।
दुवै टिमले समान ४-४ अंक बनाएको भए पनि गोल अन्तरका आधारमा भारत समूह विजेता बन्यो भने बंगलादेश उपविजेता बनेको थियो। अब अर्को सेमिफाइनलमा भारतले भुटानको सामना गर्नेछ। भुटान समूह 'ए'मा दोस्रो भएर सेमिफाइनल पुगेको हो। दुवै सेमिफाइनल खेल चैत १८ गते हुनेछ।